चितवन:धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काङ्ग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलङ्नलाई कारवाहीको माग गरेका छन् । नेपाली काङ्ग्रेस चितवन, नेपाली काङ्ग्रेस भरतपुर महानगर समिति, नेपाली काङ्ग्रेस प्रदेश क्षेत्र कार्यसमिति चितवन, नेपाल बिद्यार्थी संघ चितवन, नेपाल तरुणदल चितवनले छुट्टाछुट्टै बिज्ञप्ति जारी गर घटनामा संलङ्नलाई कारबाहीको माग गरेका हुन ।
काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालद्धारा जारी बिज्ञप्तिमा निर्वाचनको प्रचार प्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई घटनाको दोषिलाई कारवाही गर्न माग गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “निर्वाचनको प्रचारको शिलशिलामा खटिएका युवामाथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटना प्रति नेपाली काङ्ग्रेस चितवन स्तव्त्र एबं मर्माहत भएको छ ।” उक्त घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषिलाई कडा सजाय गर्न सम्बन्धित निकायलाई माग गर्दछौ बिज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरि परियारको हत्या गरिएको थियो । आइतबार साँझ ८ वजे भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समुहको आक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षिय परियारको मृत्यु भएको हो । परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसै बिच घटनाको दोषिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै भरतपुरमा १ घण्टा चक्का जाम समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !