चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ । आज साँझ ८ वजे भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समुहको आक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षिय अनिल परियारको मृत्यु भएको हो । मृतक परियार नेपाली काँग्रेस चितवन प्रदेश क्षेत्र नम्बर २ ख बाट निर्वाचित प्रदेश प्रतिनिधि समेत हुन् ।
अज्ञात समुहको आक्रमणबाट घाईते परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरी ले जनाएको छ । घटनामा संलङ्नको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !