चितवनः भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा पाँच दलिय गठबन्धनले आईतवार चुनाबी सभा सम्पन्न गरेको छ । सभामा पॉचदलिय गठबन्धनका उम्मेद्वार तथा नेताहरुले संविधान र लोकतन्त्रको रक्षाकालागि गरिएको भन्दै गठबन्धनका साझा उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेत्री तथा भरतपुर महानगरपालिका प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको ५ वर्षमा गठवन्धनको मर्म र भवना बमोजिम महानगरको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्र्ष पनि आफू नगरवासीको चाहना अनुसारको बिकास सुसाशन र सामाजिक क्षेत्रको बिकासको लक्षलिएर उगाडि बढेको भन्दै पॉच दलिय गठवन्धनको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता गरेकी थिइन ।
उनले पाँच वर्षे कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको लगायत ,सिटी हल, पूलचोक गोन्द्राङ् व्यूटिफिकेशन सहितको सडक, चारलेनको बाईपास सडक, महानगरीय रिङ्रोड लिङ्क रोड, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, उज्ज्यालो भरतपुर अभियान जस्ता महत्वपूर्ण पूर्वाधारको शुरुआत गरिएको जानकारी दिइन् ।
भरतपुर विमानस्थलको स्तर उन्नती, देवघाटमा निर्माणाधीन शवदाह स्थललगायत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धी वितेको पाँच वर्षको गठबन्धनको परिणाम भएको बताइन् । आगामी कार्यकालमा निर्माणाधीन पूर्वाधार संगै नारायणी तटबन्धन, नारायणी नदी किनारको प्रस्तावित सीविच मोडेल, भरतपुर विमानस्थलको स्तर उन्नती, कोरियन सरकार संग भएको फोहर व्यवस्थापन सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार एवं पर्यटकीय सम्भावनाका क्षेत्रमा काम अगाडि बढाउने तयारीमा रहेको पनि बताइन् । शुरु गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरु योजना अनुसार अगाडि बढ्नको लागि पाँच दलीय गठबन्धनले गरेको निर्णय अनुसारनै आफुले दोस्रो कार्यकालको लागि उम्मेद्वार दिएको उनले प्रष्ट पारिन ।
महानगर प्रमुखकी उम्मेद्वार दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुरको सर्वाग्रिण विकास मात्र रहेको बताइन् र भनिन, शुरु भएका र प्रस्तावित काम सम्पन्न गरि देशकै नमूना र हेर्न लायक सहरको रुपमा भरतपुरलाई परिणत गर्नु मेरो पहिलो ध्यय हो । आगामी कार्यकालमा सबैको साथ र सहयोगले प्रक्षेपित लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
उक्त चुनाबी सभालाई सम्बोधन गर्दै उप प्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारिले पाँच दलिय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको बिकास र सुसाशन कायम गर्ने संकल्पसहित चुनावी मैदानमा होमिएको बताए । उनले सानो गल्तीले पछि पछुताउनुको विकल्प नहुने भन्दै प्रतिगमन विरुद्धको यो लडाईमा पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई बिजय गराउन सबैसंग अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले गठबन्धलाई टुटाउन सकिन्छकी, मतदाताहरूलाई भ्रमित पार्न सकिन्छकी भनेर गरिएका सम्पूर्ण भ्रम केही दिन यता समाप्त भएको बताए । उनले नेपाली काँग्रेसको संथागत निर्णय नमानी बागी बिद्रोही उम्मेद्वारी दिनेहरु काँग्रेस त रहेन रहेन सच्चा प्रजातन्त्रवादीनै हुन नसक्ने टिप्पणी गरे । र बाटो विराएका सबैलाई मूलधारमा फर्कन आग्रह गरे । गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायण दाहालले चितवनका ७ वटै पालिकामा पॉच दलिय गठबन्धनका साझा उम्मेद्वारको जीत सुनिश्चित भइसकेको बताए । उनले भरतपुर महानगरपालिका यतिवेला देशकै राजनीतिको केन्द्रमा रहेको बताउँदै भने, भने,“स्थानीय तहको निर्वाचनको यो अवस्था सम्म आइपुग्दा चितवनका सातै वटा स्थानीय तहमा गठबन्धनका उमेद्वारको बिजय सुनिस्चित भैसकेको छ । भरतपुरमा गठवन्धनका साझा उम्मेद्वारलाई हराउने तागत कुनै पनि प्रतिगामी शक्ति संग छैन् । ” पछिल्लो समय नेकपा एमाले र राप्रपा विचको गठबन्धनमा रहेकाहरुले आफ्ना उम्मेद्वारको भन्दा बढी काँग्रेसबाट बागी बनेका भूईकटहरको गर्न थालेबाट उनीहरु मानसिक रुपमा हार स्वीकार गरिसकेको संकेतले प्रष्ट भएको दाहालले बताएका थिए ।
चुनाबीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले गठवन्धनको आवस्यकता र औचित्य बारे प्रस्ट पारेका थिए । उनले पाँच दलीय गठबन्धन भित्र रहेर गठबन्धनका साझा उम्मेद्वार विरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । सभापति खनालले गठबन्धनका उम्मेद्वारलाई विजय गराउने तर्फ लाग्न आम मतदातालाई अनुरोध गर्दै नेपाली काँग्रेस चितवनका पार्टी सदस्य एवं शुभचिन्तकहरुमा अनुरोध गरेको थिए । सभापति खनालले बागी बिद्रोही र प्रतिगमन पक्षधर उम्मेद्वारले छरेको भ्रम चिर्दै बाँकी रहेको समय कत्तिपनि खेर नफाल्न र मतदान गर्ने विषयमा समेत आम मतदातालाई शिक्षा दिन आम युवा पंतिमा अनुरोध गरेका थिए । उनले भने, “तपाईहरु मतदाताको घरघरमा जानुहोस मत कसरी राख्ने भन्ने सिकाउनुहोस ताकी गठबन्धन तर्फको एक मत पनि बदर नहुने अवस्था बनाउनुहोस ।” उनले हँसिया हथौडा, कलम र रुख चिन्हमा कुनै विभेद नगर्नुहोस चार तारे झण्डा होस या हसिँया हथौडा चिन्ह अंकित झण्डा होस जुन आइपर्छ त्यही बोक्नुहोस हामी एउटा यात्रा र एउटै गन्तव्यका यात्री हौ भनेर एक अर्कोलाई भरोसा र विश्वास गर्नुहोस भन्ने सन्देश दिएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका नेता बिजय भुषालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यावस्था स्थापना गर्न गठबन्धन आवस्यक भएको भन्दै बिकास ,सुसाशन र बिधिको साशन स्थापित गर्न मेयर रेनु दाहाल र उप मेयर चित्रसेन अधिकारीको नेतृत्व रहेको टीमलाई वडातह सम्म विजयी गराउन अनुरोध गरे ।
कार्यक्रममा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्योपानेले विकास प्रेमी ईमानदार उमेद्वार रेनु दाहाल र चित्रसेन अधिकारीको नेत्रित्वको टिम महानगरको विकासको लागि आवस्यक रहेको औल्याए । र गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्ब सभापति जीत नारायण श्रेष्ठ, केन्द्रीय सदस्य अन्जली श्रेष्ठ, संविधानसभा सदस्य एवं नेपाली काँग्रेस चिवतनका पूर्व सभापति राम कृष्ण धिमिर, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त धिमिरे, काग्रेस केन्द्रीय सदस्य शान्ति परियार लगायतका नेताहरूको सहभागिता रहेको थियो ।






