चितवन: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले स्थानीय तहको निर्वाचन महत्वपूर्ण निर्बाचन भएको बताउनुभएको छ । नेकपा एमाले चितवन प्रचार बिभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय निर्वाचनको महत्वलाई बुझ्दै चनाखो भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यो निर्वाचनको महत्व छ । यसमा निर्बाचन जित्नका लागि सड्यन्त्र हुन सक्छ । चनाखो भएर लाग्नजरुरी रहेको छ ।” अहिलेको निर्वाचन पूजीबादी दक्षिण पन्थि शक्ति र अग्रगामी समाजबादी शक्तिको बिचमा भएको भन्दै उहाँले अग्रगामी शक्तिको जित सुनिश्चित रहेको बताउनुभयो । पूर्ब गृहमन्त्री समेत रहनु भएका थापाले नेकपा एमालेबाट लोकतन्त्र, सुशासन र सम्बृद्धि जनताले प्रत्याभूत गरेको बताउँदै उहाँले भन्नुभयो “एमालेले बहुमतले बिजयी प्रप्त गर्दा सम्बृद्धि, सुशासन र लोकतन्त्रको रक्षा हुन्छ ।” भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नितीका साथ एमाले निर्वाचनमा लागेको बताउँदै उहाँले समाजबादको आधार निर्माण गर्न नेकपा एमालेको जित हुन आबश्यक रहेको बताउनुभयो । एमालेका उम्मेदवारहरु जनताको सेवकको रुपमा काम गर्ने उहाँको भनाई थियो ।
निर्वाचनमा जस्तो सुकै हतकण्डाहरु अपनाउन सक्ने भन्दै उहाँले नेकपा एमाले जनताको मतको रक्षाका लागि तयारी अबस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जनताको मतको सुरक्षाका लागि आबश्यक तयारीमा हामी रहेका छौ ।”बिगतका घटनाहरुबाट पाठ सिक्दै कार्यकर्ताहरुलाई प्रशिक्षित वनाईएको उहाँको भनाई थियो ।
यसै बिच नेकपा एमाले चितवनले आइतबार भरतपुरमा गर्न लागेको जनसभाको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भोली नारायणगढको क्याम्पाचौरमा आयोजना हुने जनसभामा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सहित शिर्ष नेतृत्वले सम्बोधन गर्ने बताउनुभयो । जनसभा अघि भरतपुरको चौबिसकोठीबाट ¥यालिको आयोजना समेत गरिएको उहाँले जानकारी दिनुभयो ।