चितवनः आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुर चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । चितवनको सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिका पनि निर्वाचनमय भएको छ । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका उमेद्वार र विपक्षी गठबन्धनका उमेद्वार मतदाता आकर्षित गर्न तल्लीन छन । भरतपुरका २९ वटा वडा मध्ये उत्कृष्ट र चासोको रुपमा हेरिने वडा नम्बर वडा १२ पनि थप चर्चामा छ । तात्कालिन नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजबादी पार्टीका लोकप्रिय उमेद्वार नरेन्द्र कन्दङ्गवा वडाको विकास र समृद्धिको प्रतिबद्धता सहित पुन चुनावी मैदानमा होमिएका छन । एक कार्यकाल वडा अध्यक्ष भईसकेका कन्दङ्गवाले् एकसाता देखि घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो । पांँच गठबन्धनको साथ संँगै नेपाली कांँग्रेसको पकड वडा भएको कारण पनि आफूले सजिलै चुनाव जित्ने उहाँको विश्वास छ ।
उहाँका अनुसार हालसम्म झण्डै ९० प्रतिशत घर तथा टोलका मतदाता संँग आफ्नो भिजन र योजना सहित उहाँले मत मागेका छन । उनको माओल चुनाव नजिकिदै गर्दा थप बढ्दै गएको छ । ‘मैले एक कार्यकाल उदाहरणीय काम गरेर वडावासीको मन जितिसकेको छु । फेरीपनि म वडा अध्यक्षको रुपमा वडावासीले हेर्न चाहनु भएको छ ।’ घरदैलो गर्ने क्रममा उहाँले भन्नुभयो ।
घरदैलो गर्ने क्रममा युवा देखि बृद्धबृद्धाहरुको साथ सहयोग र उत्साहले आफूलाई थप उर्जा मिलेको उहाँको भनाई छ । ‘मैले गरेको वडाको विकास र कामले होला अहिले भोट माग्न देखिएको वडावासीको उत्साहलाई मैले जितको रुपमा पाएको छु ।’ उहाँले भन्नुभयो ।
आफूले वडामा गरेका कामको मुल्यांकन गर्दै अधुरा काम सम्पन्न गर्न वडावासीले आफूलाई अध्यक्षको रुपमा हेर्न चाहेको उहाँले बताउनुभयो । वडालाई रोजगारी र उत्पादन संँग जोड्न भरतपुरको नमुना वडाको रुपमा काम गर्ने योजना रहेको उहाँको भनाई छ ।
उनी लामोसमयदेखि राजनीतिमा सक्रिय भई विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई अनुभव संगालेका कारण भारी मतले चुनाव जित्ने उनको दाबी छ । वडा नम्बर १२ अहिले उनको प्रमुख प्रतिस्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट लेखराज पन्त हरि देखिएका छन । वडामा ७ हजार भन्दा बढी मतदाता छन ।





