चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन अहिलेको आवश्यकता हो भनेर कांग्रेस चितवनले बुझ्न आवश्यक रहेको बताए ।

आज भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले मेयरका उम्मेदवार रेनु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई जिताए यो गठबन्धनलाई दशकौंसम्म लैजान सकिने बताए ।

कांग्रेस चितवनको असन्तुष्ट पक्षलाई लक्षित गर्दै भरतपुरमा कांग्रेसले गठबन्धनलाई भोट नगरे देश दुर्घटनामा पर्ने चेतावानी समेत दिएका छन् । देश दुर्घटनामा परे यसको जवाफ अहिले गठबन्धनको विरोध गर्नेहरुले दिनु पर्ने बताए ।

‘गठबन्धन देशको आवश्यकता बुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान्छ । यसको जवाफ अहिले गठबन्धनको विरोध गर्नेहरुले दिनुपर्छ, उनले भने, ‘आवश्यकता मानेर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नु भयो भने यो गठबन्धन दशकौंसम्म जान्छ ।’

प्रतिक्रिया दिनुहोस !