कलाकार सन्दिप क्षेत्रीले चितवनको भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् ।
बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ-आउ लाग्यो ।’
आफू कुनै पार्टीको सदस्य नरहेकाले कार्यक्रममा आउनुअघि आमालाई सोधेको र आमाले पनि रेनुले राम्रो काम गरेको भन्दै गएर बोल्दा फरक नपर्ने भनेकाले आफू बोल्न आएको बताए।
‘म आजसम्म कुनै पनि पार्टीको साधरण सदस्यसम्म नभएको मान्छे हो,’ उलने भने, ‘यो कार्यक्रममा आउनुभन्दा अगाडि एक पटक मेरो आमलाई फोन गरेर सोधेँ–दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो–पार्टीको लागि होइन, तैलेँ देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’
क्षेत्रीले दाहाललाई जितका लागि शुभकामनासमेत दिए। ‘मेरो पित्रीको आसिस लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहान्छु,’ उनले भने, ‘ तर, यो भन्दा भन्दै फेरि भन्छु– म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।’