चितवनः नेपाल कम्युनिष्ट पार्टी समाजबादीका अध्यक्ष माधब कुमार नेपालले गठवन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्ता पक्षिय गठवन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनु भएका नेपालले गठवन्धनले धेरै स्थानमा निर्वाचन जित्ने पनि बताउनुभयो ।
नेपालले भन्नुभयो “राम्रो संग व्यवस्थापन गरेका छौ ।” सबै स्थानमा गठवन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिकृया जनताको आएको भन्दै उहाँले गठवन्धनलाई निर्वाचन जिताउन निर्वाचनको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
चुनाबको माहोल अनुकुल बनाउन भन्दै उहाँले गठवन्धनका उम्मेदवारलाई बिजयी गराउने जनता आतुर रहेको बताउनुभयो । भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोशिस गरिएको बताउनु भयो । राजनैतिक मान्छेले राजनैतिक रुपमा सोच्छ भन्दै उहाँले आँफुलाई केन्द्रबिन्दुमा राख्दैन, सिंगो पार्टीलाई केन्द्रमा राख्छ भन्नुभयो । हामीले नेपालको राजनैतिक परिवर्तनमा सबै पार्टीबिचमा सहकार्य गर्दै आएका छौ भन्दै उहाँले सहकार्यबाटै सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनु पर्छ र गठवन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”






