चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षिय गठवन्धनको पक्षमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । गठवन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्द आइपुग्नु भएका दाहालले भरतपुर बिमानस्थलमा गठवन्धन आफ्नो लाइनमा अघि वढेको बताउनुभयो ।पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले उम्मेदवारी उठ्न जो कोहीलाई पनि स्वतन्त्रता रहेका भन्दै फैसला जनताको हातमा रहेको बताउनुभयो । गठवन्धन आफ्नो काममा एकताबद्ध भएर अघि वढेको भन्दै उहाँले गठवन्धनले निर्वाचन जित्ने दोहो¥याउनु भयो । उहाँले भन्नुभयो “निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठवन्धनका तर्फबाट माओावदी केन्द्रकी केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । उहाँ यस अघि पनि प्रमुख हुनुहुन्थ्यो । गठवन्धन मध्येको नेपाली काङ्ग्रेसले भरतपुरमा आफ्नो प्रमुख हुनुपर्ने दाबी गर्दै आएको थियो । उम्मेदवार काङ्ग्रेसको नभए पछि जिल्ला नेता जगन्नाथ पौडेल स्वतन्त्रबाट उम्मेदवार हुनुहुन्छ । असन्तुष्ट काङ्ग्रेसलाई सम्झाउन र चुनाबी माहोल वनाउन सत्ता पक्षिय गठवन्धनले जनसभाको आयोजना गरेको हो ।सभालाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबारनै चितवन आइसक्नु भएको छ । सभा हुनु अघि प्रचण्डले देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।






