चितवनः भरतपुर महानगरपालिकामा पाँच दलिय गठवन्धनले संकल्प पत्र सार्बजनीक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प पत्र जारी गर्नु भएको हो ।

संकल्प पत्रमा दुई सन्तान सम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागी ६ महिना सम्म मासिक रु ५ हजार भत्ता दिईने सहितका कार्यक्रम समाबेश गरिएको छ ।

विद्यालय शान्तिक्षेत्रको मान्यता दिदैं २० प्रतिशत सम्म बजेट विनियोजन गरिने छ । संकल्प पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटर सम्मको पानी निशुल्क गरिने उल्लेख छ । दुधमा प्रति लिटर रु ३ दिईदै आएको अनुदानलाई बृद्धि गरिने छ । विपन्न ,मजदुर, किसानलाई ५८ वर्षको उमेर पश्चात पेन्सनको व्यबस्था मिलाईने संकल्प प्रस्ताबमा उल्लेख छ । १६ वर्ष मुनीका बालबालिकाको स्वास्थ्य उपचार निःशुल्क गरिने छ । घर घरमा कम्तिमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाईने संकल्प पत्रमा उल्लेख छ ।

विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीहरुको लागी सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने छ । जिल्ला भित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तब्यहरु, दर्शनिय स्थल, गडी र झर्ना आदिकोे पहिचान, पूर्बाधार विकास तथा सौन्दर्यी करण गरि जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाईने छ । प्राङ्गारीक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारीक वडा घोषणा गरिने छ । जलवायु अनुसारको फलफुलको बोट बिरुवा रोप्न एक बोट सयको नोट नारा सहित प्रोत्साहित गरिने, अब्यवस्थित खरका घरहरुलाई जस्तापाता उपलब्ध गराई प्रोत्साहित गरिने छ ।

प्रति परिवार ३० यूनिट सम्मबिद्युत उपभोग गर्नेलाई निःशुल्क गरिने छ । वडा भित्र रहेका ६ मिटरको मापदण्ड पुरा गरेका सवै सडकहरु कालोपत्र गरिने छ ।

वडा तहमा कम्तिमा २ वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र संचालन गर्ने वा गरेका सँस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी उत्पादनका सामग्रीको व्यापार गर्ने फर्महरुलाई करका दरमा सहूलियत दिईने व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ ।

एकिकृत सम्पति कर लगायत स्थानिय करका दर रेटमा पुनरावलोकन गरि दोहोरोरतेहोरो कर खारेज गरिने छ । सामाजिक संघ संस्थाहरुलाई निश्चित मापदण्डको आधारमा वर्गिकरण गरिने छ । नारायणी कलामन्दिरलाई कला केन्द्रहरुको स्तरोन्नती गरिने छ । उपभोग्य सामग्रीहरुमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क,उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयाबधी सहितको विवरण अनिबार्य गरिने, महानगरमा ट्रली बस संचालनको सम्भाव्यता अध्ययन गरि महानगर ,उद्योग बाणिज्य संघ समेतको साझेदारीमा अर्को ५ बर्ष भित्र संचालनमा ल्याउने व्यवस्था मिलाईने संकल्प पत्रमा उल्लेख छ । जिल्लामा चक्रपथ रामनगर देखि पहाडको फेदिहुदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरिबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुदै लोथरखोला र राप्ती खोलाको तटबन्धन सहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धन सहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुदै रामनगर सम्म अत्याधुनिक वातावरण मैत्री (भअय(ाचष्भलमथि) सडक शुरु गरिने उल्लेख छ ।

कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी दाहाल र उपप्रमुखका प्रत्यासी अधिकारीले महानगरको बिकासका लागि गरिएका संकल्प पूर्ण रुपमा कार्यान्वयनका लागि लोकतान्त्रीक बाम गठवन्धनको जित सुनिश्चित आबश्यक रहेको बताउनुभयो । सो अबसरमा काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा समाजबादीका उपाध्यक्ष कृष्णराज न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !