चितवनः चितवनको खैरहनी नगरपालिका वडा नं २ मा गठबन्धनका उमेदवारहरुले सोमबार घरदैलो गरेका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार रोहिणी प्रसाद उप्रेती सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । नेपाली कांग्रेसबाट वडा सदस्यका उमेदवारहरु युवराज बोगटी, आसि दराई , महिला सदस्य कमला खनाल र दलीत महिला सदस्य मिना विक पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद दिदै समृद्ध खैरहनी निर्माणको लागि शशी खनियाको विकल्प नभएको बताएका थिए ।
नगरको विकासको लागि गठबन्धनका उमेदवारलाई मतदान गर्न आग्रह गरिएको मेयर पदका उम्मेदवार खनियाले बताए । खैरहनी २ को रामकोला, सिमलघारी,चैनपुर,लदरी र कासिगाउका वडाबासी मतदाताले गरेको स्वागत र हौसला सगै आफुप्रती देखाएको बिश्वासको कारण आफु जित नजिक रहेको महसुस भएको खनियाले बताए । उपमेयर पदका उमेदवार लक्ष्मी ढकालले पाँच बर्षको अबधिमा जनप्रतिनिधिले गर्न नसकेको विकासलाई पुरा गर्ने र यहाका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफुले उमेदवारी दिएको बताए । हामी नगरबासीको जनचाहना बमोजिक काम गर्न मैदानमा आएका हौं उनले भने यसको हामी प्रतिबद्ध छौं ।
वडाध्यक्ष पदका उम्मेदवार रोहिणी प्रसाद उप्रेतीले कयर खोला र लदरी खोलाको ड्याक निर्माण, लदरी खोलामा पुल निर्माण, जनजिवन माध्यमिक विधालयमा प्राविधिक शिक्षा संचालन,खानेपानी विस्तार लगायतका समस्या समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन।
३४२५ मतदाता रहेको सो वडामा यश अघि पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्ष लगायत सम्पुर्ण पदमा विजय हासिल गरेको थियो।






