चितवनः खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित गोठश्वोर आधारभूत विद्यालयका प्रार्चाय निलहरि थापा विद्यालय समयमै नेकपा एमालेको चुनाव प्रचार प्रसारमा देखिएका छन् । उनी नेकपा एमालेले खैरहनीको डिज्नी पार्क रिसोर्टमा आयोजना गरेको उमेदवार परिचयात्मक कार्यक्रममा विद्यालय पोशाक मानै कार्यक्रम समर्थन गर्न कार्यक्रम स्थलमानै पुगेका थिए । सोही कार्यक्रममा थापाले तालीबजाउँदै गरेको फोटो खैरहनी नगरपालिकाका वडा नम्बर २ का एमालेको वडाध्यक्ष पदका उमेदवार चन्द्रकमल पाण्डेले आफनो फेसबुकको प्रोफाइल फोटो बनाएका छन् ।
गोठश्वोर आधारभूत विद्यालयका प्रार्चाय थापा नेकपा एमालेका बाग्मती प्रदेश सदस्य एवम् शिक्षा विभाग उपप्रमुख समेत छन् । सरकारी पदमा रहेर एमाले पार्टीको प्रचार गर्ने थापालाई विद्यालयको समयमा कहिल्यै विद्यालयमा भेटिदैन विद्यालयका एक शिक्षकले नाम नखुलाउने शर्तमा भने ।
स्थानीय निर्वाचन नजिकिदैँ गर्दा एमालेको चुनाव प्रचार प्रसारमा प्राचार्य थापा आजभोली व्यस्त छन् । उनी म एमाले हुँ र निर्वाचन आचार संहिताले मलाई केही गर्दैन, भन्दै निर्वाचन आचार संहिताको समेत ध्ज्जी उडाउदैँ हिड्छन् उनीसँगै कार्यरत सोही विद्यालयका शिक्षकले भने । यस्ता नैतिकता नभएका व्यक्तिले गर्दा शिक्षा क्षेत्रनै दुर्गन्धित भएको छ ।
त्यस्तै, थापाको हर्कतले गर्दा विद्यार्थीका अभिभावक पनि वाक्क दिक्क भएका छन् । विद्यालयमा हेडसरलाई भेट्न आएको उहाँ त एमालेको झण्डा बोकेर भोटमाग्न हिड्नु भएको रहेछ बाबुको पढाइ सम्बन्धी गुनासो थियो, हेडसरकै पारा यस्तो रहेछ कसरी बाबुको पढाई राम्रो होस् हामीसँग गुनासो गर्दै एक अभिभावकले भनिन् ।
विद्यालयमा भन्दा एमालेको पार्टी अफिसमा धेरै भेटिने थापा नगर शिक्षा समिति सदस्य समेत छन् । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख भूमिलाल सुवेदीले शिक्षकहरुलाई राजनैतिक कार्यक्रममा सहभागी हुन छुट नभएको बताउनुभयो । शिक्षक जस्तो गरिमामय पदको दुरुपायोग गर्ने शिक्षकलाई नगर शिक्षा अधिकारीले कारवाही गर्नु पर्ने उहाँले बताउनुभयो । यस बिषयमा केही दिन अघि जानकारी आएको भन्दै उहाँले आँफुपनि बुझ्ने क्रममा रहेको बताउनुभयो । नगर शिक्षा प्रमुख राजु बानियाले एक पटकलाई मौखिक रुपमा सचेत गराएको बताउनुभयो । उहाँले भन्नुभयो “अब फेरी गुनासो आएमा कारवाही गर्न प्रकृया अघि वढाउँछौ ।”