चितवनः बाघको आक्रमणबाट पूर्बी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ का ६५ वर्षिय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायीक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।
दाहाललाई बिहान ८ वजे बाघले आक्रमण गरेको हो । आक्रमणमा पर्नु भएका दाहालको घटना स्थल भन्दा १ किलोमिटर पर शब भेटिएको कार्यालयले जनाएको छ । शब बिहान १० बजे भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस !