चितवन: यहि बैशाख ३० गते हुने निवाचनका लागि उम्मेदवारी दिएका मध्य ३१९ जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुरको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्दै महानगर प्रमुखमा ३ जना र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
कार्यालयका अनुसार कायम भएका उम्मेदवाहरु मध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना रहेका छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ जना स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्बाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७ जना, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ । यस्तै वडा अध्यक्षमा ४ सय २५ जना, खुल्ला सदस्यमा ७ सय ३९ जना, महिला सदस्यमा ३ सय ६६ जना र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रत्ननगर नगरपालिकाकाीको प्रमुखमा ९ जना र उपप्रमुखमा ८ जना,खैरहनीको प्रमुखमा ७ जना उपप्रमुखमा ४ जना, राप्तीको प्रमुखमा ८ जना र उपप्रमुखमा ५ जना, कालिकाको प्रमुखमा ७ जना र उपप्रमुखमा ५ जना र माडीको प्रमुखमा ५ जना र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम रेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको प्रमुखमा ४ जना र उपप्रमुखमा २ जनाको उम्मेदवारी कायम रहेको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिने समय अबधिमा ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरि ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जस मध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा मुख्य रुपमा सत्ता पक्षिय गठवन्धन र नेकपा एमाले सहितको गठवन्धन बिचमा प्रतिश्पर्धा हुने देखिएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपा बिचमा गठवन्धन भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० वजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।






