चितवनः गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा राप्ती नगरपालिका वडा नम्बर ३ का २६ बर्षिय सुजन भनिने बुद्दिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार उनालाई आज बिहान २ वजे राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटबाट पक्राउ गरीएको हो । उनलाई गाँजा बोकेर ल्याउँदै गरेको अबस्थामा पक्राउ गरिएको हो । गाँजा सहित पक्राउ परेका उनलाई थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !