चितवनः स्थानीय तहको निर्वाचनमा नजिकिदैं जाँदा भरतपुर महानगरपालिकामा निर्वाचनको रौनक अर्कै भएको छ । भरतपुर महानगरको प्रमुख पदको दावि गर्दै आएको काँग्रेसले प्रमुख पद नपाए पछि स्वतन्त्र उम्मेदवारी दिनु भएका गजन्नाथ पौडेललेलाई उम्मेदवारी फिर्ताका लागि दवाव वढ्दै गएको छ ।
उम्मेदवारी फिर्ताका लागि आज अन्तिम समय भएकाले पौडेललाई उम्मेदवारी फिर्ताका लागि केन्द्रिय तवरबाट दबाब वढेको छ भने कार्यकर्ताहरुबाट उम्मेदवारी फिर्ता गर्न नहुने दबाब वढेको छ । पौडेलको उम्मेदवारी फिर्ता र गठवन्धनको पक्षमा माहोल वनाउन आउनु भएका गृहमन्त्री तीन दिनको दिन आज काठमाडौं फर्कदै हुनुहुन्छ । बैशाख १४ गते दिउँसो ३ः१८ वजे आकस्मिक रुपमा चितवन आउनु भएका खाँड आज बिहाान ११ः३० वजे काठमाडौं फर्कनु भएको हो । तिन दिनको बसाईमा उहाँले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई गठवन्धनको पक्षमा भोट हाल्न आग्रह गर्नु भएको थियो । यस्तै स्वतन्त्र उम्मेदवारी दिनु भएका काँग्रेस नेता जगन्नाथ पौडेल, समर्थक, प्रस्ताबक समेतलाई भेट गरी अहिलेको राजनैतिक अबस्थाको बारेमा जानकारी गराउँदै उम्मेदवारी फिर्ताका लागि दवाव दिनुभएको थियो ।
उम्मेदवारलाई फकाउनका लागि जिल्लामा गृहमन्त्री संगै राज्यमन्त्री समेत जिल्लामा रहेको भए पनि खासै प्रगति भने हुन सकेन । केन्द्रिय सभापतिको दुतका रुपमा चितवन आउनु भएका मन्त्री खाँड उम्मेदवारी फिर्ता गराउन नसके पछि निरास भएर काठमाडौं फर्कनु भएको छ ।
चितवन काँग्रेसको निर्णय बिपरित केन्द्रबाट तालमेल भएको भन्दै काँग्रेस नेता कार्यता रुष्ट भईरहेको समयमा फकाउन आएका मन्त्री खाँड कालो मुख लगाएर काठमाडौं फर्कनु पर्ने भएको छ ।






