चितवनः निर्वाचनको प्रचार प्रसारका क्रममा सञ्चार माध्यमहरुले समाजमा गलत भ्रम सृजना गर्न नहुने परकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ पत्रकारहरुले पालना गर्नुपर्ने आचार संहिता अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले आचार संहिताको पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने बताएका हुन ।
सहभागीहरुले निर्वाचनमा आफ्नो पक्षको पृष्ठ पोषणका लागि समाजमा भ्रम सृजना गर्ने खालका समाचार दिन नहुने बताएका हुन । पत्रकारहरुले महासंघको आचार संहिता कार्यान्वमात्रै पनि निर्वाचन आचारसंहिता पालना गरे भन्दा राम्रो र प्रभावकारी हुने उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले आचार संहिता नैतिकताको हांगो भएको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे पछि पत्रकारीता क्षेत्र ओझेलमा परेको भन्दै उहाँले अहिले खोजमुलक समाचारको आबश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनलाई शान्त र भए रहित वनाउनका लागि पत्रकारहरुको अहम भूमिका हुन्छ ।” त्यसमा पत्रकारहरुले पनि आचार संहितको पालना गर्नुपर्ने उहाँले बताउनुभयो । बिज्ञापन राख्दा कत्रो राख्ने, समाचार लेख्दा समाजलाई असर नगर्ने गरी लेख्न नहुने लगाएतका बिषयमा ध्यान दिनुपर्ने उहाँले जानकारी दिनुभयो । अहिलेको समयमा आचार संहिताले सो घोषणालाई प्रथामिकता दिएको उहाँको भनाई छ । पत्रकारहरुले राजनैतिक दल वा अन्य कोही संघ उपहार वा लाभ लिन नहुने उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो “तपाईहरुले ख्याल गर्ने कुरा भनेको मौन अबधिमा हो ।”
सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरुले निर्वाचनको समयमा चार वटा कुरमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सरकार, निर्वाचन आयोग, दल र मतदातालाई खवरदारी गर्ने काम पत्रकारहरुको हो ।”यी चार निकायको भूमिकालाई महत्व दिनु पत्रकारको कतव्य रहेको उहाँले बताउनुभयो । अहिले नेपाल पत्रकार महासंघले आचार संहितामाथि टेकेर निर्णय गरेको भन्दै पत्रकारहरु आचारसंहितको बिपरित जान नहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको समय नेपालका सञ्चार माध्यम तठस्थ छन् भनेर देखाउने समय आएको छ ।”
नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले निर्वाचनलाई भड्कीलो वनाउन नदिनका लागि पत्रकारहरु लाग्नु पर्ने बताउनुभयो । निबाृचनमा पत्रकारहरुलाई नियोजित ढङ्गबाट समाचार सम्प्रेषणको छुट नरहेको उहाँको भनाई थियो ।
पत्रकार रमेश पौडेलले सूचना दिने नाममा गलत सूचना दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “पत्रकारले आचार संहितको ख्याल गर्दै समाजलाई सहि सूचना दिनु पर्छ ।” अहिले सामाजिक सञ्जालहरुमा आएका सामाचारहरु हेर्दा राजनैतिक दललाई भन्दा बढी पत्रकारहरुरुलाई निर्वाचन लागेको भान भएको उहाँको भनाई थियो । समाचारले समाज दुई भागमा बिभाजन नभई एक ढिक्का वनाउनु पर्ने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार मधुसुदन दवाडी, प्रतिमा शिलवाल, प्रकाश अर्याल, प्रेम कंडेलले पत्रकारहरुका लागि वनाईएको आचार संहिता आँफैबाट कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !