चितवनः भरतपुर महानगरपालिकाको भित्रि सडकमा दुध बोकेको ट्याङ्गरले साईकल यात्रीलाई ठक्कर दिदाँ मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ शान्ति मार्गमा भोजाडबाट बिशालचोक तर्फ आउँदै गरेको बा २ क ४५७५ नम्बरको ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साईकल यात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने २० वर्षिय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पताल तर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शब भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।






