चितवन: नारायणगढको कमलनगरमा आगलागी भएको छ । बिहान २ बजेबाट सुरु भएको आगलागी बिहान ७ बजे नियन्त्रण्मा आउको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कमलनगर स्थित तुलसी सापकोटाको चार तले घरमा आगलागी भएको हो । आगलागीबाट सो घरमा रहेका ६ वटा पसलमा क्षती पुगेको छ ।
नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको एबं स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार दुर्गा इलेक्ट्रोनिक पसल, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदाम लगायतमा अचानक आगलागी भएको हो ।
आगलागीबाट बिष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाईल पसल, बिष्णु आचार्यको दुर्गा ईलेक्ट्रोनिक पसल, बसन्त कार्कीको कृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सुर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षती पुगेको छ । क्षतीको बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।