चितवनः नेपाली कांग्रेस चितवनका नेतातथा कार्यकताहरुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्र बालकृष्ण खाँडलाई स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकतालाइ कम्जोर नसम्झन आग्रह गरेका छन् । कांग्रेस चितवनको बिबाद समाधान गर्न चितवन आउनु भएका मन्त्री खाँडलाई उनिहरुले स्वतन्त्र उम्मदवारलाई कम्जोर नठान्न आनुरोध गरेका हुन । बैठकमा सहभागी एक नेताका अनुसार गठवन्धनको उम्मेदवारी दर्ताका कार्यक्रममा भन्दा स्वतन्त्रको उम्मेदवारी दर्तामा कांग्रेसको झण्डा बोकेर जानेको संख्या धेरै रहेको थियो । स्वातन्त्र उम्मेदवारको पछि लाग्ने मान्छेहरु पनि काँग्रेसका पुराना र विश्वाशिला नेताहरु भएका कारण कम्जोर नसोच्न कोन्द्रिय नेतालाई अनुरोध गरेको उनले बताए ।
बैठकमा बोल्दै नेपाली काँग्रेस चितवनका सह–सचिब गोपाल दराईले पछिल्लो समय काँग्रेस चितवनमा देखिएको अशन्तुष्ट बढ्दै गएकाले उनीहरुको व्यवस्थापनका लागि काँग्रेसले बिकल्पको खोजि गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामा बिद्रोह किन भयो भनेर सोच्ने समय आएको छ । काँग्रेसका नेताहरुको स्वतन्त्र उम्मेदवारीलाई कम्जोर नसोचियोस् ।” बैठकमा टिकट बितरणका क्रममा भएको अनियमितताको बिषयमा समेत चर्चा भएको थियो ।
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस चितवनको बिबाद समाधान हुने बताउनु भएको छ । कांग्रेस चितवनको बैठकलाई संम्बोधन गर्दै मन्त्री खाँडले पाटी भित्रको कुरा नमिल्ने भन्ने नभएको बताउनु भएको हो । प्रधानमन्त्रीको दुतका रुपमा जिल्लाको बिबाद मिलाउन चितवन आउनु भएका खाँड दुईदिनको बसाइमा उहाँले जिल्लाका नेता तथा कार्यकतालाई भेटेर स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि पहल गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो “स्वतन्त्र उम्मेदवार वन्नु भएका साथीहरुले उम्मेदवार फिर्ता लिनुहुन्छ ।” जहाँ सम्म टिकट बितरणमा भएको आर्थिक अनियमितताको बिषयमा केन्द्रले छानबिन गर्ने उहाँले बताउनुभयो ।
आज सांझ केन्द्रीय नेता तथा जिल्ला स्तरका नेताहरुलाइ भेट गर्ने कांग्रेस चितवनले जनाएको छ । जिल्लामा रहेका केन्द्रिय तथा जिल्ला तहका नेताहरु संगको छलफल पछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । यध्यपी स्वतन्त्र उम्मेदवारी दिनुभएको काँग्रेस नेता जगन्नाथ पौडेललाई भने अहिले सम्म कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।






