चितवनः गृह मन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँडले निर्वाचन शान्तिपूर्ण बातावरणमा तोकिएकै मितिमा निस्पक्ष र भयरहीत हुने बताउनुभएको हो ।
प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नी ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “संबिधान सभाको निर्वाचन हुँदैन भन्थे भयो, काँग्रेसको महाधिबेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।”
फरक प्रसंगमा बोल्दै मन्त्री खाँडले नेपाली काङ्ग्रेसका स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिनेमा बिश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ मेरा अग्रज नेताहरु हुनुहुन्छ । समकालिन हुनुहुन्छ । उहाँहरु संग सम्बाद र छलफल गरेर कसरी पार्टीलाई अघि वढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबै संग परामर्श गरेर अघि वढ्छौ ।” उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उहाँले भन्नुभयो “पार्टीको निर्णयलाई सहजता पूर्बक लिएर उम्मेदवारी फिर्ता लिनुस भनिएको छ । विश्वास छ नेता कार्यकर्ताहरुले आँफुले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।” काङ्ग्रेसका नेता साथीहरुलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने बिषयमा मन र हृदय लिएर आँफु चितवन आएको उहाँको भनाई थियो ।
अहिलेको गठवन्धन संबिधान र लोकतन्त्रको रक्षाका लागि वनेको भन्दै उहाँले भन्नुभयो “अहिले राष्ट्रिय राजनिति गठवन्धनको जगमा उभिएको छ ।” यसलाई सबैले सहजता पूर्बक लिनु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “लोकतन्त्रको रक्षा र संबिधानको रक्षाका लागि गठवन्धन आबश्यक छ ।” काङ्ग्रेसको भावना प्रतिकुल भन्दा पनि यो गठवन्धन गर्दा खेरी आँफुले चाहेको मात्रै नहुने भन्दै उहाँले अर्को राजनैतिक शक्ति जो गठवन्धनमा आबद्ध छ, त्यो शक्तिसंग पनि सम्बाद छलफल हुन्छ । कहिले काही एक कदम पछाडी पनि हट्नु पर्ने हुन्छ ।” त्यस कारण गठवन्धन गर्नु पनि हाम्रो दायीत्व हो उहाँले थप्नुभयो । उहाँले भन्नुभयो “ शिर्षनेताहरुले निर्णय गर्नु भएको हो । यो निर्णयलाई कार्यन्वयन गर्ने क्रममा हामी सबैले त्यतिनै योगदान पु¥याउनु पर्छ ।”






