चितवनःशिक्षा तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलले एसइइ परिक्षामा देखिएका समस्याहरु छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ । यहाँको लक्ष्मी माध्यामीक बिद्यालय लंकुको परिक्षा निरिक्षण पछि आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले एसइइ परिक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “केही प्रश्न पत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समिक्षा गर्छौं ।” देशैभर एसइइ शान्त रुपमा भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रकृया अघि बढाएको उहाँको भनाई थियो ।
अर्को प्रसंगमा बोल्दै उहाँले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि वढेको बताउनुभयो । कानुनी प्रकृया, जग्गा प्राप्ती बजेटको सुनिश्चितता लगाएतको काम भईसकेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले गठवन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडी वढाउँने बताउनुभयो । उहाँले भन्नुभयो “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोली १६ गते सम्म मिलाउने गरि तयारी भईरहेको छ ।” बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दल भित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ् गर्नु चाही दलिय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रीक मूल्य मान्यता र नैतिकता भित्र पर्ने कुरा नभएको बताउनुभयो । बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतीका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नु पर्ने उहाँको भनाई छ ।






