चितवनः नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु १ करोड ५७ लाख ३९ हजार ९ सय ७३ राजस्व संकलन गरेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजस्व रकम भूक्तानी गराईएको हो ।
भूक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाईवर वल्ड कम्युनिकेसन प्रा.लि रहेका छन् । यस्तै ब्रोडलिंक, वेबसफर, डिसहोम, भायनेट कम्युनिकेसन, टेक माइन्स कम्युनिकेसन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजस्व बुझाएका हुन् । उहाँका अनुसार जिल्लामा आझै सिम टिभि र क्लासिटेक कम्युनिकेसनले रु ३०÷३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेट तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरे पछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन ।






