चितवनः जेठको दोस्रो साताबाट जिल्लामा सवारी चालक अनुमति पत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालक अनुमति पत्र बितरणका लागि आबश्यक पर्ने परिक्षा स्थल र सवारी साधनका लागि प्रस्ताब आव्हान गरेको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब नेत्र शर्माका अनुसार बैशाख २ गते प्रयोगात्मक परिक्षाका लागि परामर्श सेवा प्रस्ताब आव्हान गरिएको छ । १५ दिन भित्र परेका प्रस्ताब को अध्ययन गरी काम अघि वढाइने उहाँले बताउनुभयो । शर्माले भन्नुभयो “हामीले गरेको तयारी अनुसार काम अघि वढाउन सकिएमा जेठ दोस्रो साता तिरबाट सवारी चालक अनुमति पत्रको काम अघि वढ्छ ।” जिल्लामा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारी साधनको चालक अनुमति पत्र दिन लागिएको हो ।
कार्यालयले प्रयोगात्मक परिक्षाका लागि आबश्यक पर्ने परिक्षास्थल र सवारी साधन उपलव्ध गराए बापत परिक्षार्थी संग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । शर्माको भनाईमा प्रयोगातमक परिक्षा स्थल भरतपुर महानगरपालिका वा चितवन जिल्ला अन्तरर्गत पर्ने नगरपालिका भित्र हुनु पर्ने छ । प्रयोगात्मक स्थल सम्बेदनशिल स्थानहरु अस्पताल, बिमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दीर लगाएतका क्षेत्रबाट कम्तिमा २ सय मिटर टाढा हुनु पर्ने शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रदेश सरकारको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थल कार्यबिधि २०७८ मा उल्लेख भए बमोजिमनै छनोट गरिने छ ।” प्राबिधिक प्रस्ताबमा उत्तीर्ण भएको मात्र आर्थिक प्रस्ताब गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्लामा धेरै सवारी साधन गुड्ने भए पनि सवारी अनुमति पत्र लिन हेटौडा वा काठमाडौं पुग्नु पर्ने बाध्यता रहेको छ । हाल यस प्रदेशमा हेटौडामा एक ठाउँ र काठमाडौंमा चार ठाउँमा सवारी चालक अनुमति पत्र दिईदै आएको छ । यस प्रदेशमा झण्डै १८ लाख संग सवारी चालक अनुमति पत्र भएको प्रारम्भिक तथ्याङ्क रहेको छ । शर्माका अनुसार बार्षिक १ लाख नयाँ अनुमति पत्र बितरण गरिदैं आएको छ । चितवन जिल्लामा सुरुमा सातामा एक पटक परिक्षा लिने गरी तयारी गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख बिनोद पौडेलका अनुसार सवारी चालक अनुमति पत्र दिदैं गर्दा भिडभाड बढि हुने भएकाले जिल्ला समन्वय समितिको मातहतमा रहेको भवनमा कार्यालय स्थानान्तरण गर्नका लागि प्रकृया अघि वढाईएको छ । साउन महिना सम्ममा कार्यालय सार्ने तयारी गरिएको छ । अनुमति पत्र बाहेकका सबै काम यहाँ हुँदै आएको छ ।






