चितवनः स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ हजार २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडा अध्यक्ष वडा सदस्य गरी सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिका मध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडा अध्यक्षका लागि ५ सय १ जनाको उम्मेदवारी परेको हो ।
यस्तै महिला सदस्यमा ४ सय १४ जना, दलित महिला सदस्यमा ३ सय ५१ जना र खुल्ला सदस्यमा ८ सय ५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरि ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जस मध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा मुख्य रुपमा सत्ता पक्षिय गठवन्धन र नेकपा एमाले सहितको गठवन्धन बिचमा प्रतिश्पर्धा हुने देखिएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपा बिचमा गठवन्धन हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !