चितवन: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क चितवन आएर फर्कनु भएको छ । करिब ३ घण्टाको चितवन बसाईमा उहाँले नेपाली काँग्रेसका जिल्ला सभापति, भरतपुर महानगरपालिकाका उपप्रमुखको उम्मेदवार लगाएतका जिल्ला नेताहरुलाई भेट गर्नु भएको छ ।
काँग्रेस चितवनमा देखिएको असन्तुष्टि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार प्रचण्डले काँग्रेस भित्रको असन्तुष्टि मिलाउन आग्रह गर्नु भएको थियो । उहाँले क्लिक खबरसंगको कुराकानीमा भन्नुभयो “ प्रचण्ड जी आउनु भएको थियो । अहिले गठवन्धन प्रति देखिएको असन्तुष्टि, बिबाद व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा सोध्नु भयो । मैले पहिला मेरो पार्टीलाई जानकारी गराउँछु । अनि सल्लाहा गरौला भनेको छु ।”
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ एबं प्रचण्ड पुत्रि रेनु दाहाल प्रमुख पदको आकांक्षि हुनुहुन्छ । उहाँले गठवन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । गठवन्धनका कारण काँग्रेस चितवन कम्जो बनाउन खोजिएको र बारम्बार एउटै व्यक्तिलाई दिईएको भन्दै काँग्रेसका कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि पैदा भएको छ । जसका कारण गठवन्धनले निर्वाचन हार्छकी भन्ने त्रास काँग्रेस माओवादी बृत्तमा चलिरहेको समयमा प्रचण्ड चितवन आएर पार्टी सभापति र महानगर उपप्रमुखका उम्मेदवारलाई भेट्नुले स्थानीय तहको निर्वाचन लक्षित हो भनेर भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !