चितवन: बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । माडी नगरपालिका वडा नम्बर ७ कृतनपुरमा बगईबाट नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ६ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो ।
बसको स्प्रीङ पट्टा भाँचिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घाईते मध्ये ३ जनाको अबस्था मध्यम रहेको छ भने अन्य ३ जनाको अबस्था सामान्य रहेको छ । घाईते सबैको बघौडा अस्पतालमा उपचार भइरहुको छ । बसका चलक प्रहरी नियन्त्रणमा रहेको कार्यालयका प्रबक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !