चितवनः यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनामा उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ वटा राजनैतिक दल र पाँच जना स्वतन्त्र उम्मेदवारहरुले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन । उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरि प्रसाद दुवाल, नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी लेलिनबादी)बाट सूर्य प्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ्, मंगोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर पुनमगर, मौलिक जरोकिलो पार्टीबाट बिनोद कुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोलाले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै स्वतन्त्र तर्फ राम कृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कंडेल, रुद्र प्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी लेलिनबादी) इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट शुष्मा तमाङ्ले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्ता पक्ष र प्रतिपक्षि दलहरुले उम्मेदवारी दर्ता नगराए पनि अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराउनेमा तरुण युवा देखि पूर्व लडाकु सम्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !