चितवनः एकातिर पंचायतको रापतापथियो ।अर्कोतिर देशमाबहुदलल्याउनकालागि राजनैतिकदलहरु विरोधीकार्यक्रमहरु गरिरहेकाथिए । घरमापंचायतव्यवस्थाको पक्षधर वुवाथिए । तर आफू उक्तव्यवस्थाका खुंखार विरोधीभए, अनिपंचायतको विरोधमाउत्रिए । पंचायतको पक्षबाट आफ्नै वुवाचुनावीप्रतिस्पर्धामाथिए । एकै घरका वाबुछोरा दुई फरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएपछि परिवार, नातागोता र गाउँघरमा खैलावैला नै मच्चिएको उनी सम्झन्छन् । राजनैतिकविचारधारा फरक परेपछि आफ्नै बाबुविरुद्ध चुनावी मैदानमाउत्रिएकृष्णकुमार डल्लाकोटी ।
हालकाजिल्ला समन्वय समितिचितवनकाप्रमुख डल्लाकोटी २०४० साल आसपासबाट राजनीतिमाहोमिए । विद्यार्थी राजनीतिबाट उनी अघि सरेकाहुन् । आफूलाई तत्कालिन समयमा कम्युनिष्ट नीति, विचार र सिद्धान्तले प्रभावपारेपछि उनीतीनै विषयहरु प्रशिक्षण लिने र दिने अवस्थामापुगे । विस्तारै राजनीतिप्रतिको लगाव बढ्दै गयो, जागिरको कुनै मोह भएन । अघि बढ्ने क्रममायुवाउमेर नै राजनीतिमाविते पछि उनी त्यसबाट टाढिन सकेनन् ।
२०४४ सालमाभएको चुनावमाउनीतत्कालिन चैनपुर गाउँपंचायतमाजनपक्षीयउम्मेदवार बने । प्रतिस्पर्धी थिएवुवासिद्धिलाल डल्लाकोटी । चुनावी परिणाम वुवाकै पक्षमागयो । तर उनले राजनीतिकजीवनलाई थप सक्रियबनाए । ठाउँठाउँमा पंचायतविरोधी र वहुदलियव्यवस्थाको पक्षमावकालत गरे । फलस्वरुपतत्कालीन सरकारले उनलाई गिरफ्तार ग¥यो । १४ दिन हिरासत वसेपछि थप केही सयम जेल पनिगए । बहुदल आएपछि उनीखुलेर यो व्यवस्थाको पक्षमालागि परे । आफ्ना समयमाचिनियाँ कम्युनिष्ट राजनीतिबाट प्रभावितभएर पार्टीमालागेको उनी बताउँछन् ।
केहीव्यक्तिहरु पनि मेरो आदर्श नेताको रुपमाछन, डल्लाकोटीले भने,‘तर कम्युनिष्ट विचारधारासँग सम्बन्धितचिनियाँ लेख, रचना, प्रवचन मेरा लागि प्रेरणाको स्रोत बन्यो ।’
विस २०४९ सालको चैनपुर गाविस अध्यक्षमाउनीतत्कालिन समयमा नेपालीकांगे्रसलाई पराजित गरी विजयीभए । चुनावकातीदिनहरु सम्झदै डल्लाकोटीले भने,‘इमान, कर्तव्यपालक, असलीसिपाही पार्टी राजनीतिमाहावीथिए तर अहिले त्यसको ठीक उल्टो भइरहेको छ ।’
हाल नेकपाएमाले प्रदेश कमिटि सदस्यसाथै स्थानीयतहविकास विभाग केन्द्रीय कमिटि सदस्य रहेका डल्लाकोटी जीवन नै राजनीतिमावितेकाले जनताकै सेवामाआफू रहनचाहेको बताउँछन् । पछिल्लो पटक ०७४ माभएको स्थानीयतहको निर्वाचनमा खैरहनीनपा १ को वडा सदस्यमानिर्वाचितभए पछि पार्टीको तर्फबाट उम्मेदवार बनी डल्लाकोटी जिल्ला समन्वय समितिचितवनको प्रमुखभएकाथिए । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतकाआधारभूतआवश्यकतालाई ध्यानमा राखीकाम गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !