चितवनः स्थानिय निकायकाे निवार्चनका लागि माडी नगरपालिकाले तालमेल गरेकाे छ । नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेस लाइ दिनेगरि सहमति भएकाे नगर सभापति कमल भूषालले जानकारि दिनुभयाे । उहाँका अनुसार माडी नगरपालिकामा रहेका ९ वटा वडामा समेत तालमेल भएकाे छ । माडीका ९ वटा वडा मध्य वडा नम्वर १,६ र ९ नेपाली कांग्रेसले लिने भएकाे छ । यस्तै हरेक वडामा दुईजना वडा सदस्य कांग्रेसले लिने भएकाे छ ।
यस्तै माओवादी केन्द्रले मेयर सहित वडाहरु र्कमश २,४,५ र ७ वडा सदस्य हरेक वडामा १/१ जना र नेकपा समाजवादीले वडा नम्वर ३ र ८ लिने गरि सहमती भएकाे भूषालले जानकारी दिनुभयाे । समाजवादीले पनि हरेक वडामा१/१ जना सदस्य पाउने गरि निर्णय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस !