दाङः नेपाली कांग्रेसको घोराही नगर समितिले अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा ०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।
गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट नदिन आग्रह नेतृत्वलाई आग्रह गरेको हो ।
‘अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्ड अनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रुपमा हक छ’, नगर सभापति रावतले भन्नुभयो “आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिदैन ।






