चितवनः बातवरण संरक्षणका लागि फोहोरको व्यवस्थापन घरबाटनै गर्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको बातावरण संरक्षण र फोहोर मैला व्यवस्थापन सम्बन्धि बृहत प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले घरबाट निस्किएका फोहोरलाई बगिकरण गरि व्यवस्थापन गर्न सकिने बताएका हुन ।
घरबाट निस्किने फोहोरलाई बर्गिकरण गर्दै प्राङ्गारीक मल र पुनः प्रयोग गर्न सकिने उनीहरुको भनाई थियो । सो अबसरमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समाजबाट निस्कने फोहोरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताउनुभयो । घरघरबाट निस्किने फोहोर व्यवस्थापनमा स्वयम घरधनी लाग्नेहो भने बातावरण संरक्षण र फोहोरमैलाको व्यवस्थापन हुने उहाँको भनाई थियो । अहिले महानगरमा दैनिक ७० टन फोहोर उत्पादन हुँदै आएको र त्यसमा ५० प्रतिशत कुहीने फोहोर हुने गरेको उहाँको भनाई थियो । यसको व्यवस्थापनका लागि महानगरलालिकाले टोलटोलमा अभियान सञ्चालन गरेको भए पनि प्रभावकारी बन्न केही समय लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “घरबाट निस्कने फोहोरलाई घरमानै व्यवस्थापन गर्ने बानी बसाल्न सकेमा बातावरण पनि सफा हुन्छ ।”
महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरीले फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले आमा समुह तथा टोल सुधार समितिहरुलाई तालिम दिएर काम अघि वढाएको बताउनुभयो । कुहीने फोहोरलाई मलको रुपमा र नकुहीने फोहोरले हस्तकला सामाग्रीको रुपमा बिकास गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अब बातावरण संरक्षणमा महिलाहरु अघि वढ्नु पर्छ । घरबाट निस्कने फोहोरलाई घरमानै व्यवस्थापन गर्नु पर्छ ।”
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तुलसी ज्ञावलीले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके बातावरण सफा राख्न सकिने बताउनुभयो । फोहोरलाई जैबिक र अजैबिक गरी दुई भागमा बर्गिकरण गरि प्रयोगमा ल्याउन सकिने उहाँको भनाई थियो । जैबिक(कुहिने)फोहोरलाई मलको रुपमा प्रयोगमा ल्याउन सकीने र अजैबिक (नकुहीने) फोहोरलाई पुनः प्रयोग तथा निर्माण सामाग्रीको रुपमा प्रयोगमा ल्याउन सकीने भन्दै उहाँले बातावरण संरक्षणमा सहयोग पु¥याउन समुदाय स्तरबाटै काम गर्नु पर्ने बताउनुभयो ।
बायो ग्यास नेपालका प्रतिनिधि दिपेशराज शर्माले प्लाष्टिक चुनौतिर र बिकल्पका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकको प्रयोगले बातावरण संरक्षणमा चुनौति थपिएको बताउनुभयो । यसको सही सदुपयोग गर्दै प्लाष्टिकको सट्टामा अन्य झोलाहरुको प्रयोग गर्न सकिने बताउनुभयो । प्लाष्टिक कुहीन लामो समय लाग्ने भएकाले यसको प्रयोग कम गर्नु पर्ने उहाँको भनाई थियो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, भरतपुर महानगरपालिकाका प्रबक्ता अरुणपिडित भण्डारी, प्लाष्टिक व्यवसायी संघका अध्यक्ष रामप्रसाद गजुरेल, हाम्रो दृष्टि, राम्रो दृष्टिका इ. सागर कार्की लगाएतले घरबाट निस्कने फोहोरको सही सदुपयोग गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
सो फोहोरबाट निर्माण गरीएका बिभिन्न सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा मिलन सचेतना महिला समुह भरतपुर ९ प्रथम, आनन्द अभिभावक आश्रम भरतपुर २ द्धितिय, बाबुरम कंडेल (टायरको गमल निर्माण) तृतिय र महाकालेश्वर आमा समुह भरतपुर १०, निलगिरी जागृती टोद बिकास समिति भरतपुर ११ ले सान्तवना स्थान हाँसील गरेका छन् । प्रदर्शनीमा आमा समुह, टोल बिकास संस्था र बिभिन्न संघ संस्था गरि २१ वटा समुह सहभागी भएका थिए ।