चितवनः नेपाली काँग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ । महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली आज बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाउनु भएको हो । उपसभापति न्यौपानेका अनुसार महानगरको मेयरमा २५ जना र उपमेयरमा २४ जनाको नाम सिफारीस गरिएको बताउनुभयो ।
बागमती प्रदेश प्रतिनिधिले नमावली बुझ्दै आएका नामहरुबाट उपयुक्त उम्मेदवार छनोट गरि केन्द्रमा सिफारीस गर्ने बताउनुभयो । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काँग्रेसले आफ्नो बलियो जनाधार रहेको भन्दै आएको महानगरमा जिल्लाबाट नामावली टुङ्गो लगाउन नसके पछि सबै आकांक्षिको नाम पठाएको हो ।

प्रतिक्रिया दिनुहोस !