चितवन : नेकपा एमालेका नेता महेश बस्नेतले सत्ताधारी गठबन्धन टुट्ने भएपछि सरकारले चुनाव सार्ने षडयन्त्र गर्न थालेको आरोप लगाएका छन।

सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै बिप्लबलाइ चुनावमा ल्याउने बहानामा सत्ताधारी गठबन्धनले चुनाब सार्ने रणनीति लिएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे संबैधानिक परिषदले गरेका निर्वाचन आयोग लगायतका नियुक्तिहरु जुन भएको छ त्यसलाइ अदालतबाट सेटिङ गराएर चुनाव सार्न खोजिरहेको प्रष्ट देखिन्छ ।’

तर निर्वाचन आयोगको तिब्र तयारी र आम जनसमुदायको निर्वाचन प्रतिको लगाबले निर्वाचन सार्ने या स्थगन गर्ने सम्भावना नरहेको उहाँको भनाइ थियो।
सत्ताधारी गठबन्धन भित्रै चुनाव सार्ने र नसार्ने भन्नेमा ठुलो मतभेद रहेको बस्नेतले बताउनुभयाे।

नेकपा एमालेले कसैसंग पनि गठबन्धन नगरेको उनले दाबी गरे। एमालेको आकर्षण देशभरको प्रभाव देखेर विभिन्न राजनीतिक दलसंग आबद्ध रहेका नेताहरु नजिक हुनु भनेको गठबन्धन नभएको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयाे, ‘जति पनि दलसंग आबद्ध साथिहरु अहिले सुर्य चिन्हमा चुनाव लड्न तयार रहनु भएको छ उहाँहरु भोलिका दिनमा एमालेमै आउने पक्का हो।’

फरक प्रसङ्गमा उनले भने चितवनमा राप्रपासंग तालमेल बारे कुनै कुरा भएको छैन । राप्रपाका नेता बिक्रमलाइ आफुले सुर्य चिन्ह लिएर चुनाबमा तालमेल गर्न अनुरोध गरेको उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे ‘बिक्रम जि निर्वाचित भएर आउन चानुहुन्छ भने सुर्य चिन्हमा उठ्नुहोस या एमालेमा प्रवेश गर्नुहोस।’

एमालेले कसैसंग गठबन्धन गर्नु नपर्ने भएकाले प्रायः सबै पालिकाहरुमा उमेदवारको टुंगो लागिसकेको भन्दै आउँदो स्थानीय निर्वाचनमा एमाले एक्लैले साठि प्रतिशत स्थानमा जित हासिल गर्ने उहाँको दाबी थियो।

प्रतिक्रिया दिनुहोस !