चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठवन्धन गर्ने बिषयमा कुनै निर्णय नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले कुनै पार्टीसंग पनि औपचारीक रुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “कुनै पार्टीसंग पनि औपचारीक गठवन्धन गरेर चुनाब लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै पार्टीसंग पनि चलाएको छैन ।” यसपालीको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केही स्थानीय तहमा आबश्यकता अनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दीने निर्णय गरेका छौ ।” कसैले महत्वपूर्ण पदमा सघाउने भयो र त्यसको बदला अरुलाई सघाउनु पर्ने भयो भने आन्तरिक रुपमा स्थानीय तहमा तालमेल गर्न सक्ने उहाँको भनाई थियो । अहिलेको निर्वाचनमा अघिल्लो पटकको भन्दा राप्रपाले राम्रो गर्ने भन्दै उहाँले आँफुहरु अहिले शिक्षा र भ्रष्टाचार शून्यमा झार्ने गरी अघि बढेको बताउनुभयो ।
उहाँले थप्नुभयो “स्थानीय तहको निर्वाचनमा एक नम्बरमा शुशासनको मुद्धा उठाएका छौ ।” सिंहदरवारको अधिकार गाउँमा आउने घरघरमा आउने भनेर प्रचार गरियो अधिकार गाउँमा आउने मात्रै नभएर सिंहदरबारमा भएको भ्रष्टाचार पनि गाउँगाउँमा पुगेको उहाँको भनाई थियो । शिक्षाको बिकास र सुधार नभए सम्म अन्य बिकासहरुले पूर्णता नपाउँने बताउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशूल्क शिक्षा दिने बताउनुभयो । उहाँले भन्नुभयो “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौ ।” राप्रपाले निर्वाचन जितेमा जेष्ठ नागरीकलाई दिने सेवा सुबिधा घरघरमा पु¥याउने उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहीरीएको बताउनुभयो । उहाँले भन्नुभयो “जसले राजनीतिलाई भान्छा, ट्वाईलेट, ओड्ने ओच्छाउने, परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरीएका छन् ।” देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उहाँको तर्क थियो ।






