चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले गठवन्धन काङ्ग्रेसको नेतृत्वमा जारी भएको संबिधानको रक्षाका लागि बनेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले झण्डै दुई तिहाई नजिकको सरकारले दुई÷दुई पटक संसद भंग गरेपछि वनेको गठबन्धनले संबिधान रक्षाका लागि र प्राप्त उपलव्धि जोगाउनका लागि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “यही बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठवन्धनका बिचमा कसरी जाने भन्ने सहमती भएको छ । त्यही अनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि वढ्ने भन्ने बिषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाई थियो । भरतपुर महानगरपालिकामा कसरी अघि वढ्ने भन्ने बिषयमा बार्ता र छलफलहरु भईरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “जिल्ला स्तरिय नेताहरुले सभापति लगाएत अन्य नेताहरुसंग भेट गर्नु भएको छ । भेट पछि जुन एउटा समझदारी वनेको छ । त्यही अनुसार पार्टी अघि बढ्छ ।”
स्थानीय निर्वाचनमा तालमेल आबश्यकता र औचित्य अनुसार गरिने उहाँको भनाई छ । तालमेलका लागि जिल्ला क्षेत्रमा संयन्त्र बनेको भन्दै उहाँले महानगरहरुको बिषयमा छिट्टै टुङ्गो लगाउने बताउनुभयो । अहिले काङ्ग्रेस घोषणा पत्र तयारी र गठवन्धनलाई कसरी अघि बढाउने भन्ने बिषयमा लागेको छ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !