भरतपुर – चितवनमा आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो करिब साढे ११ बजे आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका हुन् । खैरहनी नगरपालिका वडा नम्बर ९ बैरेनीचोकस्थित साईबाबा पेट्रोल पम्प अगाडि विरगंजबाट टाँडीतर्फ आइरहेको लु १ ख ६४१८ नम्बरको ट्यांकर र विपरित दिशाबाट जाँदै गरेको ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

ठक्करबाट ट्रक चालक भरतपुर महानगरपालिका–१२ बस्ने ५० वर्षीय गजेन्द्र कुमार गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

त्यस्तै ट्रकमा सवार रोल्पा जिल्ला रुन्चीगढी गाउँपालिका–१ बस्ने २२ वर्षीय नवराज परियार, रुन्चीगढी–९ बस्ने १९ वर्षीय प्रकाश कामी, दाङ जिल्ला राजपुर गाउँपालिका–६ बस्ने २८ वर्षीय जीतबहादुर बुढा र ट्यांकर चालक रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय मनोहर दगुरिया घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले बताए ।

 

ना १ ख ३४३२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस !