चितवन: तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ तमु चयन हुनुभएको छ । आज यहाँ सम्पन्न महानधिबेशनले कर्णबहादुरको अध्यक्षतामा ६२ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
परिषद्को बरिष्ठ उपाध्यक्षमा आरवि तमू, उपाध्यक्षहरुमा यमबहादुर तमू, टेकबहादुर तमू, नरबहादुर तमू, धनमान तमू, मेनबहादुर घले, लक्ष्मण तमू, महिला उपाध्यक्षमा भगवती तमू चयन हुनुभएको छ । महासचिवमा डम्बरबहादुर तमू, सहमहासचिवमा मनोज तमू, उपमहासचिवहरुमा राजु गुरुङ र दिल तमू, सचिवहरुमा सन्तलाल तमू, गोपाल तमू, जिएस तमू, महिला सचिवमा देवकुमारी तमू, कोषाध्यक्षमा सिरीसाद तमू, सहकोषाध्यक्षमा गंगाबहादुर तमू निर्बिरोध निर्वाचित हुनु भएको हो ।
यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू चयन हुनुभएको छ । काठ्माण्डौ उपात्याका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमु चयन हुनुभएको छ ।
महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य चयन गरेको छ । महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमूलाई चयन गरेको छ । यस्तै परिषदको आजको बैठकले पाँच जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ ।
सोमबार देखि सुरु भएको केन्द्रीय महाधिबेशनले आज १८ वुद्धे घोषणा पत्र समेत जारी गरेको छ । तमु समुदायको प्यो ताँ ल्हुँ ताको संरषण र सम्बद्र्धन, इतिहाँस, भाषा, लिपी, धर्म, संस्कृति, परम्परागत मूल्य र मान्यताको संरक्षण र बिकासका साथै पहिचानका लागि निरन्तर क्रियाशील रही अघि वढ्ने, राज्यका सबै अङ्ग र तहहरुमा संबिधानमा व्यवस्था भएको समानुपातिक तथा समाबेशी प्रतिनिधित्व पूर्ण रुपमा लागु गर्न घोषणा पत्रमा माग गरिएको छ । भौगोलिक खृष्ट्रिकोणले तमूवान प्रदेशभन्दा बाहिर रहेर तूहरुको पहिचान र अधिकार सुनिश्चित गर्न ती क्षेत्रहमा पनि तमू स्वशासित क्षेत्र, संरक्षत क्षेत्र र बिशेष क्षेत्रहरुको स्थापनाका लागि आबश्यक पह गर्ने लगाएतका कुराहरु घोषणा पत्रमा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस !