
चितवनः पूर्ब डिआईजि ज्ञानेन्द्रबिक्रम महतले आफ्नी श्रीमतीको सम्झनामा मन्दीर र चौतारो निर्माण गरिदिने हुनु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा देउराली र गणेश मन्दी निर्माणका लागि आज शिलन्यास गरिएको छ । यस्तै रामनगरकै लखन पार्कमा चौतारी निर्माणका लागि शिलन्यास गरिएको हो ।
मिना महत स्मृति प्रतिष्ठानले यी तीनवटा संरचना निमाणए कार्य सुरु गरेको हो । यी संरचनाका लागि स्मृति प्रतिष्ठानले रु १० लाख खर्च हुने जनाएको छ । मिना महतको पहिलो स्मृति दिवसका अबसरमा सो मन्दीर र चौतारी निर्माण गर्न लागिएको प्रतिष्ठानका संरक्षक महत लामो समय देखि समाज सेवामा लाग्दै आउनु भएको छ । कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिस स्वामी ज्ञानानन्द सरस्वतीको उपस्थितिमा कार्यक्रम शिलन्यास गरिएको हो ।