
चितवन: माडीको मेयरमा कांग्रेसका ७ जना आकांक्षी देखिएका छन् । कांग्रेस माडी नगर समितिले संकलन गरेको नामावलीमा ७ जना मेयर र उपमेयरमा १३ जना अग्रसर बनेका छन् । मेयरमा खेमप्रसाद महतो, सविता बराल, छविलाल भट्टराई, भोजराज देवकोटा, विकास भुषाल, काशि अधिकारी, नारायणप्रसाद दाहालले मेयर बन्ने इच्छा नगरकमिटिलाई जानकारी गराउनुभएको छ ।
महतो २०७४ सालको माडीको मेयरमा ४४ मतान्तरले पराजित हुनुभएको थियो । उहाँ माडी नगर समितिमा सभापति पदमा २ मतले पराजित बन्नुभएको थियो । कांग्रेसको पूर्व जिल्ला सदस्य, साविक गर्दी गाविस पार्टीको ३ कार्याकाल सभापति र १ कार्याकाल वडाध्यक्ष हुनुभएको थियो । मेयरका उम्मेदवार बराल २०७० सालको संविधानसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर ५ को उम्मेदवार हुनुहुन्थ्यो । उहाँ कांग्रेस महासमिति सदस्य हुनुहुन्छ । माडीका पुराना नेता भट्टराई २०४८ सालदेखि कांग्रेस माडीको चुनावी प्रसारप्रसार समिति संयोजक बन्दै आउनुभएको छ । उहाँ क्षेत्रीय प्रतिनिधि, निर्वतमान महासमिति सदस्य हुनुहुन्छ । पूर्व जिल्ला सदस्य देवकोटा जिल्ला सहसचिवको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेविसंघको पूर्व जिल्ला उपसभापति हुनुहुन्छ । युवा नेता भुषाल नेविसंघको पूर्व जिल्ला सहसचिव, माडी क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । वित्त क्षेत्रमा सक्रिय भुषाल कान्छा आकाँक्षी हुनुहुन्छ । अधिकारी, दाहाल पुराना नेता हुनुहुन्छ ।
यस्तै उपमेयरमा माडी नगरसमितिका सभापति कोलनथा भुषाल, सचिव लोकनाथ लामिछाने, २०७४सालको चुनावमा उपमेयर उम्मेदवार शिवमाया भट्टराई आकांक्षी हुनुहुन्छ । यस्तै नारायण सुवेदी, कृष्णकुमारी पौडेल, तिलक भुषाल, टिका खत्री, हरि पौडेल, हिमाल गुरुङ, शुक्रमिया महतो, प्रविन देवकोटा, सीता अर्याल, जानुका थापा क्षेत्री समेत उपमेयरको आकांक्षी हुनुहुन्छ । २०७४ सालको चुनावमा माडीको मेयरमा कांग्रेस झिनो मतान्तरले पराजित भएको थियो । मेयर, उपमेयर दुवै पदमा कांग्रेसले दावी गरेको छ । संकलन भएका नामहरु प्रदेश, क्षेत्र र जिल्लामा पठाइने माडी नगर समितिले जनाएको छ ।