चितवन: गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातिय पहिचानका लागि राजनिति बुझ्न जरुरी रहेको बताउनुभएको छ । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिबेशनको उद्घाटन गर्दै उहाँले राजनिति बुझ्न नखोज्ने जातिय स्वभाब भएकाले यो समुदाय अहिले पछि परेको बताउनुभयो ।
जातिय स्वायत्तताका लागि राजनितिको रस बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो समुदायले राजनितिमा पहुच वढाउन आबश्यक छ ।” राजनैतिक दल भित्र रहेर संघर्ष गर्नुपर्ने उहाँले बताउनुभयो । राजनीति बुझेर त्यहाँ भित्र आफ्नो बलियो उपस्थिति खोज्न उहाँको आग्रह छ । राजनीतिमा सहभागीता बढाउन सकेमात्र मुद्दा स्थापित गर्न सहज हुने भन्दै स्वायत्तत्रा आबश्यक हो भने पर्याप्त अभ्यास गरि केन्द्र सरकारको ध्यानाकर्षण गराउन उहाँको सुझाव थियो ।
विविधतामा एकता रहेको नेपालमा जातीय आधारमा राज्य हुनुपर्छ भन्नू उपयुक्त नहुने उहाँको भनाई थियो । सो अबसरमा आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु संघ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यष हुम गुरुङ लगाएतले बोल्नु भएको थियो ।
परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्को अध्यक्षतामा सुरु भएको महाधिबेशन मंगलबार सम्म सञ्चालन हुने छ । महाधिबेशनमा सहभागी हुनका लागि ६५ जिल्लाका १ हजार प्रतिनिधिहरु चितवन आएका छन् । महाधिबेशनले तीन वर्षे कार्यकालका लागि ७७ सदस्यिय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।






