चितनवः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको बिकास मार्फत स्वास्थ्य र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नु पर्ने बताउनु भएको छ । प्रज्ञा स्मृती प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भरतपुर साईक्लिङ् म्याराथुन २०७८ को समापन समारोहमा बोल्दै उहाँले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नु पर्ने बताउनुभएको हो ।
पूर्बप्रधानमन्त्री समेत रहनुभएका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गैरहेको बताउनु भयो । उहाँले भन्नुभयो “निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र अन्य ईनडोर खेलहरूको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ ।” निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको बाँकी काम पुरा गर्नेगरी सहमती कायम भई प्रकृया अगाढी बढिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “छिट्टै निर्माण कार्य सुचारू हुने छ ।” साईकल परा पूर्बकालदेखि मानब जीबनको अभिन्न अंगको रूपमा रहेको भन्दै उहाँले पछिल्ला दिनहरूमा साईक्लिडंग खेलको रूपमा समेत बिकास भयकोमा खुसी ब्यक्त गर्नुभयो ।
पूरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै यूवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज (अथक)ले प्रज्ञा स्मृति प्रतिस्ठानले सुन्दरनगरी भरतपुरमा साईक्लिड् म्याराथुन गरेर अनुकरणिय काम गरेको बताउनुभयो । उहाँले साईक्लिड् खेललाई प्रबर्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने बताउदै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रबर्धन र आर्थिक बृद्धी गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नागरिक स्तरबाट निर्माण सुरू गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगसालाको बाँकी काम अगाढी बढाउन नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमै ब्यवस्था गरेर अगाढी बढाउने बताउनु भयो । राष्ट्रिय सहमतिको गौरबको आयोजना कुनैपनि हालतमा अलपत्र नबन्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकुद समितिले सोही बमोजिम आफ्ना गतिबिधिहरू अगाढी बढाएको बताउनु भयो ।
कार्यक्रममा ३ घन्टा २३ मिनेटमा ६५ किमी पुरागरी मेरिना राना मगर प्रथम हुनुभयो भने सुधा तिमिल्सिनाले ४ घन्टा १२ मिनेट १३ सेकेन्डमा मा ६५ कि मी मा पार गरी दोस्रो स्थान हाँसील गर्नुभयो । त्यस्तै पुरूष तर्फ २ घन्टा १२ मिनेट १९ सेकेन्डमा ६५ किमी पुरा गरी सन्दिप श्रेष्ठ प्रथम र त्रिभूवन आर्मी क्लब बाट दिपेश चोदरी दोस्रो बन्नुभयो ।
म्याराथुनमा मास्टर सेरोमेनीमा बिजयी हरूलाई पुरस्कृत गरियको थियो । म्याराथुनमा उत्कृष्ठ साईकल राईडर सुरज राना मगरले १ घन्टा ५६ मिनेटमा ६५ किमी दुरी पुरा गरी सर्बोत्कृष्ठ बन्नुभयो । कार्यक्रममा बिभिन्न बिधाका ४१ जना बिजयी खेलाडीहरूलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । चितवन सहित ११ जिल्लाका खेलाडीहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए ।






