चितवनः बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायीक वनमा घाँस काट्न गएका स्थानीय बृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः५ वजे घाँस काट्न गएका ६५ बर्षिय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेका धमलाको खोजि कार्य भईरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । खोजि कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !