नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढदलहरु बिच तालमेको बिषमया कुरा भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आज बसेको सत्तारुढ गठवन्धनको बैठकमा निर्बाचन केन्द्रित कुराकानी भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “मुख्य रुपमा निर्बाचन केन्द्रित भएर कुरा भएको छ । सबै तिर तालमेल गरेरनै जाने भन्ने कुरा भयो ।” फरक प्रसंगमा बोल्दै उहाँले भरतपुर महानगरको बिषय छलफलमानै प्रबेश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “छलफलबाट निकास निकाल्छौं । केही समस्या छैन ।”






