चितवनः नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रबिक्रम चन्द “बिप्लब”ले एमसीसी पास गर्न सहयोग गर्नेहरु राष्ट्रघाती भएको बताउनु भएको छ । जनआन्दोलन दिबसको अबसरमा आज यहाँ आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्ता दललाई निर्वाचनमा पराजय गराउन सबैलाई आग्रह समेत गर्नुभयो । एमसीसी भनेको अमेरीकाको एउटा बाहना हो उहाँले भन्नुभयो । एमसीसीलाइ देखाएर दलहरुले दलाल काम गरेको उहाँको आरोप थियो ।
आगामी निर्वाचनमा राष्ट्रबादी शक्तीहरुलाई बिजयी गराउन आव्हान गर्नु भएको छ । आफ्नो पार्टीले निर्वाचनमा भाग नलिए पनि राष्ट्रबादी शक्तीलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नु भएको हो ।
उहाँले भन्नुभयो “देशभक्त, जनबादी, जनताको पक्षमा लड्न चाहने शक्तीलाई निर्वाचित गराउनु पर्छ ।” उहाँले सुकुम्बासी, महिला वा स्वतन्त्र रुपमा उठेका राम्रा उम्मेदवारलाई बिजयी गराउन आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “गाउँबाट सच्चा, राम्रा उम्मेदवार खडा गर्नुस् र उठाउनुस् त्यसमा हाम्रो समर्थन रहन्छ ।” आफ्नो पार्टी संसदीय व्यवस्थाको पक्षमा नरहेको भन्दै चन्दले जनमत र बैज्ञानीक समाजबादको पक्षमा आँफुहरु रहेको बताउनुभयो । उहाँले थप्नुभयो “हामी संसदीय व्यवस्थालाई खारेज गराउनु पर्छ भन्ने पक्षमा रहेका छौ ।”
एमसीसी तत्कालिन अबस्थामा कार्यान्वयनमा ल्याउन नदिईने उहाँको दाबी छ । उहाँले भन्नुभयो “संसदबाट पास भएर केही हुदैंन हामी यसलाई कार्यान्वयनमा ल्याउन दिदैंनौ ।” नेपाललाई अमेरीकाले आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजेको भन्दै उहाँले एमसीसी देशको हित बिपरित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “सरकार, संसद भन्दा ठूलो जनता हुन् । जनताको हितमा काम हुनु पर्छ । नेताको हितमा होइन ।” नेपाललाई बिदेशीले खेलमैदान बनाउन खोजेको आरोप उहाँको थियो ।
अहिले नेकपा देशको स्वाधिनताको पक्षमा रहेको उहाँले बताउनुभयो । जनताले चाहे जस्तो अधिकार अहिले पनि पाउन नसकेको भन्दै उहाँले यसका लागि संघर्ष आबश्यक रहेको बताउनुभयो । जनताले चाहेको परिवर्तन आउन नसकेको भन्दै उहाँले यसका लागि व्यवस्था परिवर्तन हुन जरुरी रहेको छ भन्नुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेल, अखिल नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष बन्दु चन्दले सम्बोधन गर्नु भएको थियो । जनसभा अघि भरतपुरको चौबिसकोठीबाट ¥याली निकालिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !