
चितवन : भरतपुर महानगरको मेयरमा काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका छन। भेटमा वरिष्ठ नेता पौडेलले यसबारेमा पार्टीमा आफुले कुरा राख्ने र सकेसम्म भरतपुरमा काङ्ग्रेसलेनै मेयर पाउने बिचार राखेको जिल्ला सभापति खनालले बताए ।
खनालका अनुसार आजै पार्टी केन्द्रिय कार्यालय पनि यस बिषयमा कुरा राखिने छ। लबिङको लागि खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला र पुर्ब सांसद जगन्नाथ पौडेल पौडेल निवास पुगेका हुन । माओवादीले भरतपुरमा मेयर आफ्नो हुने दाबी गरिरहँदा काङ्ग्रेसका जिल्ला नेता भरतपुरको मेयरको बिषयलाइ लिएर काठमाडौ जानुलाइ अर्थपुर्ण रुपमा लिइएको छ।