चितवनः नेपाल नेत्रज्योती संघद्धारा सञ्चालित भरतपुर आँखा अस्पतालले आफ्नो स्थापना दिवसको अबसरमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालको ३५ औ स्थापना दिवसको अबसरमा अस्पताल परिषरमा स्थापना गरिएका तीनवटा स्टलहरुबाट मोतिया बिन्दु, आँखा दान र बच्चाको आँखा सम्बन्धि जानकारी दिइएको थियो ।
अस्पतालमा उपचारका लागि आएका बिरामी तथा उनीहरुको कुरुवालाई यस बिषयमा जानकारी गराउने उद्देश्यले आयोजित सो सचेतना मुलक कार्यक्रममा उपचारका लागि आएका ३ सय जना बिरामी तथा कुरुवाहरुले जानकारी लिएका थिए । सो अबसरमा मोतियाबिन्दु के का कारणले हुन्छ, आँखा दान गर्दा के फाईदा हुन्छ र बच्चाको आँखामा के ले समस्या बनाउँछ भन्ने बिषयमा जानकारी दिईएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार स्थापना दिवसको अबसरमा बिहान अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण, बिद्याथी तथा कर्मचारीहरु बिच फुटसल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता र कवडी प्रतियोगिता सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !