चितवनः भरतपुरमा मेलमिलापकर्ता पुनर्ताजगीकरण तालिम सुरु भएको छ ।भरतपुर महानगरपालिको न्यायिक समितिको आयोजनमा सुरु भएको तालिम १९ गतेसम्म चल्नेछ । महानगरभित्रका २९ वडाबाटै एक–एक जना प्रतिनिधि सहभागि भएका छन् । तालिमको जिल्ला न्यायाधिस हेमन्त रावलले उद्घाटन गर्नुभएको हो ।
जिल्ला न्यायाधिस रावलले न्यायको सहज पहुँच पु¥याउन सके शान्ती सुव्यवस्था कायम हुने बताउनुभयो । उहाँले घरसमाजमा हुने ससाना झैगडाा, विवाद मेलमिलापकै विधिबाट समाधान भए अदालतमा मुद्धाको चाप कम पर्ने बताउनुभयो । घरदैलोमा गरिने न्यायले समाजलाई सहि मार्गमा लैजाने बताउनुभयो । समाजमा अझै पनि कानुनी सचेतनाको अभावले न्यायको खोजी गर्न अदालत जान डराउने स्थिति रहेको बताउनुभयो ।
समुदायस्तरमा कानुनी सचेतना वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुर महानगरका उपमेयर तथा न्यायिक समिति अध्यक्ष पार्वती शाह ठकुरीले न्यायिक समितिमा आएका मुद्धाहरु अधिकाँस मेलमिलापबाट समाधान हुने गरेको बताउनुभयो । उहाँले महानगरमा करिब १ सय हाराहारीमा मुद्धाहरु मेलमिलाप भएको बताउनुभयो । महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटा, न्यायिक समिति सदस्य भरतप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !