रत्ननगर १७ चैत । सामाजिक क्षेत्रमा क्रियाशिल चितवनको खैरहनीका राममणि न्यौपाने काठमाडौंमा सम्मानित भएका छन् । रिपोर्टर्स क्लवको २४औं बार्षिकोत्सबको अबसरमा न्यौपानेलाई सम्मान गरिएको हो ।

सामाजिक रुपान्तरण र विपन्न समुदायको जीविकोपार्जन तथा जीवनस्तर उकास्न उनले खेलेको भूमिकाको उच्च मुल्याङ्न गर्दै क्लवले न्यौपानेलाई सम्मान गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र क्लवका अध्यक्ष ऋषि धमलाले न्यौपानेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

खैरहनी नगरपालिका वडा नं ४ का स्थायी बासिन्दा न्यौपाने लायन्स क्लव अफ पूर्वी चितवनको संस्थापक अध्यक्ष तथा कंकाली सामुदायिक वनका अध्यक्ष समेत हुन । उनी नेपाली काँग्रेसबाट आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकाँक्षी हुन ।

प्रतिक्रिया दिनुहोस !