चितवनः नेपाली काँग्रेसको बलियो जनाधार रहेको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख वन्नेको होडबाजी जारी रहेको छ । कोही नयाँ अनुहारले दावि गरेका छन् भने कोही पुराना अनुहारले आफ्नो दावी प्रूस्तुत गरिरहेका छन् । यसै क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष कर्णवहादुर गुरुङ्ले आफ्नो दाबी महानगरको उपप्रमुखमा रहेको बताउनुभएको छ । वडा अध्यक्ष भएर सहज रुपमा कार्यसम्पादन गरेको बताउने उहाँले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी उपप्रमुखमा रहेको बताउनुभएको हो ।

गुरुङ् राष्ट्रिय परिषको बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका गुरुङ् सामाजिक व्यक्तित्व हुनुहुन्छ । काँग्रेसको २८ हजार क्रियाशिल सदस्य मध्य आधा भन्दा वढि क्रियाशिल रहेको यस महानगरपालिका काग्रेसका लगि राम्रो जनाधार रहेको पालिका हो । संबिधान सभाको निर्वाचनमा काँग्रेसका तर्फबाट पार्टी सभापति शुशिल कोइराला निर्वाचन लड्दा होस वा उप निर्वाचनमा पूर्ब जिल्ला सभापति निर्वाचन लड्दा होस बिपक्षि दललाई ठूलो अन्तरबाट हराउन सफल भएको काँग्रेसमा अहिले उपप्रमुखको पद ताक्नेको लाईन लाो भए पनि वडामा बसेर जनताको काम गरेको अनुभव र पाको व्यक्तीको रुपमा गुरुङ आफ्नो उम्मेदवारी दावी गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !